नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी २० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरको क्षतिमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।
जसमा करणले ३ ओभरमा १६ रन मात्र खर्चिएका थिए भने लामिछानेले ४ ओभरमा २७ रन खर्चिए । यस्तै, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिएका थिए ।
ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले एक रन मात्र बनाएर आउट भए । यस्तै, असिफ शेखले ३८ बल खेल्दै अर्धशतक बनाए । उनले सर्वाधिक ५७ रन बनाएका थिए ।
यसैगरी, रोहित पौडेलले १२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए । खेलमा दिलिप नाथ १५ रन र कुशल मल्ल ३ रनमा नटआउट भए ।
मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्ने छ ।
















दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया