सोमबार, चैत १६, २०८२

पूर्वडीआईजी रमेश खरेल काठमाडौंको मेयरमा उठ्ने तयारी

मेरोन्यूज २०७८ चैत १६ गते १५:४५

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी एवम् नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयर उठ्ने मनसाय बनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आसन्न निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल गरिरहेको उनले मेरोन्यूजलाई बताए । उनी आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौँको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए ।

मेरोन्यूजसँगको संवादमा उनले भने, ‘हाम्रो पार्टीका साथीहरूसँग आन्तरिक छलफल हुँदै छ, छलफलपछि एउटा निष्कर्ष निस्किन्छ, मेयर उठ्ने विषयलाई नकारेको पनि होइन ।’ वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताएका छन् ।

उनले गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन् ।

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । सरकारले अर्का डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए ।

प्रतिक्रिया