सोमबार, फागुन २५, २०८२

‘खल्ती’ले खोज्दै ‘खल्ती लेख स्टार’; ५० हजार जित्ने मौका

मेरोन्यूज २०७८ चैत १६ गते १६:३९

काठमाडौँ । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’को खोजीमा हिँडेको छ । जसअन्तर्गत तीन जनाले ५० हजार, २५ हजार र २५ हजार रुपैयाँ जित्न सक्ने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘खल्ती लेख–स्टार’ बन्न जो कोहीले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना पोस्ट गरी ‘खल्ती’लाई पठाउनु पर्ने छ । इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पञ्चलाइन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदिमार्फत् सोसल मिडियामा प्रस्तुत गर्न सक्ने छन् ।

पोस्ट गरेपश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाउने पर्ने छ । प्रतियोगिता चैत्र १५, २०७८ देखि वैशाख १४, २०७९ सम्म लागु हुने छ ।

प्रतिक्रिया