धनकुटा नगरपालिकामा डिप बोरिङ आयोजनाका लागि ऋण सम्झौता

काठमाडौँ । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा ‘डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की’ आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । तीन करोड आठ लाख ५६ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
आयोजना निर्माणको कूल अनुमानित लागत तीन करोड ४२ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको छ । कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।
ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत विकास अधिकारीको उपस्थिती थियो ।
कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिकलगायतका पक्षमा ध्यान दिनु पर्ने कुरामा जोड दिँदै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया