अब काठमाडौं–दिल्ली हरेक दिन एनएसीका दुईवटा उडान गछौँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुईवटा उडान गरिने बताएका छन् ।
काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुईवटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।
आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरूलाई अधिकतम समय आकाशमा उडाउने काम भएको उनको दाबी छ ।
‘म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो,उनले भने ।
पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले बताए । रासस















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया