सोमबार, माघ १२, २०८२

लोसपा दुई मन्त्रालय लिएर सरकारमा जाँदै,को-को बन्दैछन् मन्त्री ?

मेरोन्यूज २०७८ चैत १७ गते १२:३१


काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई मन्त्रालय लिएर सरकारमा जाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले रिक्त रहेका दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा लैजाने भएका हुन् ।

लोसपाले पटक- पटक को भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन मन्त्रालय माग गरेको स्रोतले बताएको छ । लोसपाले उप्रधानसहित रक्षा र उद्योग वाणिज्य मन्त्रालय माग गरेको छ । यदि उपप्रधानमन्त्री पाएमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो पठाउँने लोसपाको तयारी छ ।

तर अहिले प्रधानमन्त्री देउवासँग दुई मन्त्रालय मात्र रिक्त छ । दुई मन्त्रीमध्ये रक्षामा शरदसिंह भण्डारी र उद्योग तथा वाणिज्यमन्त्री अनिल झा बन्ने सम्भावना बढेको छ । बुधबार लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । बबरमहलस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठकलगत्तै लोसपाका नेताहरू प्रधानमन्त्री देउवासँगको छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवासँग अपराह्न साढे ५ बजे लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, नेताहरू अनिल झा र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए ।

नागरिकता सम्वन्धि विधेयक र आफना वन्दी नेता कार्यकर्ता रिहाई सरकारले पूरा गरे सरकारमा सहभागी हुने उसले बताईसकेको छ ।

लोसपाभित्र सरकारमा सहभागिताको निर्णय लिन महन्थमाथी दवाव छ । महन्थ आफै पनि पार्टीभित्र अप्ठ्यारो अवस्थामा छन् । सोही कारण उपप्रधानमन्त्री दिएमा राजेन्द्रलाई नै सरकारमा पठाएर आफुभित्रको अप्ठ्यारो फुकाउने योजनामा महन्थ देखिएका छन् ।

महन्थको पार्टीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले लोसपाका नेताहरुलाई बचन दिईसकेका छन् । तर प्रधानमन्त्रीले यस विषयमा सत्तागठबन्धन दलभित्र छलफल गरेर सहमति जुटाउनुपर्ने हुन्छ । त्यही कारण उनले गठबन्धनको बैठकमा विषय प्रवेश गराएका छन् । वुधबारको बैठकमा लोसपासग सकारात्मक छलफल चलेको र उसलाई पनि सकेसम्म रिक्त मन्त्रालय दिएरै भएपनि सरकारमै ल्याउन आफुले पहलकदमी लिईरहेको प्रधानमन्त्रीले बताएका थिए ।

लोसपाको सरकार प्रवेशका विषयमा जसपा , एकीकृत समाजवादी र माओवादीको मुड बुझने उदेश्यले प्रधानमन्त्रीले बैठकमा विषया प्रवेश गराएका छन् । प्रधानमन्त्रीको चाहनामा अन्य दल बाधक नबनेपनि जसपाले के प्रतिक्रिया जनाउाछ ? भन्ने मुख्य विषय थियो । अव प्रधानमन्त्री लोसपालाई पनि मन्त्रालय दिएर सरकारमा ल्याउने निचोडमा छन् ।

सम्भवत आज भोलि तिरै यस विषयमा निर्णय हुने बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया