करण केसीको ऐतिहासिक ह्याट्रिकमा नेपाल विजयी

काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ३७ रनले पराजित गरेको छ ।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ ओभर खेल्दै अल आउट भएको हो । आजको जितसँगै नेपालले एक खेलअगाडि फाइनलमा प्रवेश गरको छ ।
यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धसतकीय इनिङ खेल्दै ३३ बलमा ६६ रन बनाए ।
रोहित पौडेलले ४१ रन बनाउँदा ओपनर आसिफ शेखले ३८ रन बनाएर आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन बनाए ।
आजको खेलमा पराजित भएसँगै पीएनजीको यो तेस्रो हार हो । यसअघि पीएनजीले नेपाल र मलेसियासँग एक–एक खेल गुमाएको थियो । यता, नेपाल लगातार आफ्नो तीन खेल्दै फाइनलमा पुगेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया