सोमबार, माघ १२, २०८२

कर्मचारीको सरुवामा युनियनको आपत्ति

मेरोन्यूज २०७८ चैत १७ गते १९:१९

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले विरोध जनाएको छ ।

आसन्न ३० वैशाखमा हुने निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले प्रेस विज्ञाप्तीमार्फत विरोध जनाएको हो ।

निर्वाचनलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट लागिरहेको र निर्वाचन आयोगले कर्मचारी विवरण माग गरेर अद्यावधिक गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने नगरपालिकाले कर्मचारी सरुवा गरेको युनियनको बिहीबार जारी विज्ञाप्तिमा उल्लेख छ ।

नेपाल निजामती कर्मचारी युनियनका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिका अध्यक्ष दिनेश राईले जारी गरेको विज्ञाप्तिमा कर्मचारीलाई उच्च मनोबल र निर्धक्क काम गर्ने वातावरण बनाई काम लगाउनु पर्नेमा मनोबल गिराउने काम भएको आरोप लगाइएको छ ।

नगरपालिकाले १५ चैतमा कर्मचारीको सरुवा गरेको थियो । तर, अधिकांश नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीको मात्र विभेदपूर्ण सरुवा गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्यले बताए ।

प्रतिक्रिया