कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मेरोन्यूज
२०८२ माघ ९ गते १८:०४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गरेका छन् ।
केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाएका हुन् ।
“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गरेका छन् । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया