सोमबार, माघ १२, २०८२

निर्वाचन परिचालन समिति गठन गर्न कांग्रेसको निर्देशन

मेरोन्यूज २०७८ चैत १७ गते २०:०६

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा स्थानीय तह निर्वाचनका केन्द्रीय संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

यस्तै, विधानमा गरिएको व्यवस्थाअनुरुप संसदीय समिति, कार्य सम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेकोहरूमा गठन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, आवश्यक जिम्मेवारी बाँडफाँड गरी निर्वाचन परिचालन अभियानमा क्रियाशील हुने तय गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया