पाकिस्तानमा २७ प्रतिशत पानीको अभाव हुँदै
काठमाडौँ । पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन् । खरिफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो ।
प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको सुरुमा २० प्रतिशतदेखि २७ प्रतिशतसम्म पानीको आपूर्तिको अभाव हुन सक्ने बताएको हो । यद्यपि, खरीफको समय यो अभाव आठ प्रतिशतदेखि १० प्रतिशत हुने सम्भावना रहेको सरकारी छ स्रोतलाई उदृत गरी द नेशनले लेखेको छ ।
हालैका वर्षमा पाकिस्तानमा पानीको संकट झन्झन् खराब हुँदै गइरहेको छ । पाकिस्तानले पिउने पानी, शिक्षा र चिकित्सा सुविधालगायत आधारभूत आवश्यकताहरूसँग संघर्ष गरिरहेको छ ।
आईआरएसए खानेपानी सम्झौता १९९१ ले वर्षमा दुई पटक, खरीफ र रबि ऋतु सिजनको लागि देश र प्रान्तीय हिस्सामा पानीको व्यवस्थापन गरेको छ । रबी मौसम अक्टोबर १ देखि सुरु हुन्छ र मार्च ३१ मा अन्त्य हुन्छ भने खरिफ अप्रिल १ देखि सुरु भई सेप्टेम्बर ३० सम्म जारी रहन्छ ।
‘द नेशन’ले रिपोर्ट गरेअनुसार बालोचिस्तान र खैबर पख्तुनख्वाको पानीको हिस्सालाई भने कटौती गर्न नपाइने सम्झौतामा उल्लेख छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया