लमजुङको बेंसीशहरमा विपन्नको घरको छाना फेरिए

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ । नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो ।
बेँसीशहर नगरपालिका(११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।
बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् । उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार प्रदान गरिएको बेंसीशहर नगरपालिकाले जनाएको छ । उनी मात्र होइन बेसीशहर नगरपालिका(३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै १० हजार नगरपालिकाबाट लिइन् उनी अहिले जस्तापाताले छाएको घरमा बसेकी छन् ।
विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्यांक संकलन गरी नगरपालिकाभित्रका एक सय ७ घर जस्तापाताले छाइएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।
उनले भने नगरपालिकाभित्र १ सय १६ घर खरको छानाका थिए त्यसमध्ये एक सय १६ घरमा जस्ताको छाना लगाइयो । ‘नगरभित्रका गरीब, बिपन्न तथा असाह्यलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो ।
‘नगरपालिकाले उनीहरुलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ । सबै खरले छाएका घर अब जस्तापाले छाएको छौं,’ उनले भने ।
बेसीशहर नगरपालिका ६ सारिङ फाँटका लिलाबहादुर घर्तीको घर यसअघि ढुंगा माटो र खरले बनाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले घरको छानोमा जस्तापाताले छाउन सकेका थिएनन् । ‘
टीनले छाएर बस्ने धोको पहिल्यै देखि थियो । तर, कसरी छाउने । पैसा थिएन । अहिले पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु । आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मिघेन्द्र पोखरेलले बताए । उनका अनुसार विपन्न नागरिकको घर जस्तापाताले छाउनका २१ लाख रुपियाँ बजेट बिनियोजन गरिएको थियो ।
















जुम्लामा हिमपातपछि जनजीवन कष्टकर,
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया