हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ पाँच पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ८१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ तीन पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ छ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ९२ पैसा र बिक्री दर नौ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ

















Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया