‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता हेरी गठबन्धन गरिने बताएका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनु पर्ने अवस्था आएको बताए ।
‘गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो,’ नेता सिंहले भने, ‘यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ ।’
पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नु पर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयविरुद्ध बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नु पर्ने बताए । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मेहनत गर्नु पर्ने बेला आएको उल्लेख गरे ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए ।
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया