प्रभु शाहको गाउँमा माओवादीको भब्य सभा
मेरोन्यूज
२०७८ चैत १८ गते १६:०६

रौतहट । नेकपा (माओवादी केन्द्र) छोडेर एमालेमा लागेका प्रभु शाहको गाउँमा माओवादीको भब्य सभा भएको छ । माओवादी केन्द्रले शाहको गाँउ मौलापुरमा पार्टीको नगर सममेलन भब्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार माओवादीले त्यहाँ नगर सम्मेलन आयोजना गरेको थियो । सम्मेलनले रामप्रवेश यादवको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन गरेको छ । यो नगरपालिकामा प्रभु शाहकी श्रीमति नगरपालिकाको मेयर छिन् ।
उनी पनि शाहसगै एमालेमै लागेकी छिन् । माओवादी केन्द्रले प्रभु शाहले माओवादी छोडेपनि त्यहाँको पार्टी कमिटि र शुभचिन्तक -जनसमुदायले पार्टी नछोडेको र अझै माओवादी केन्द्रकै पक्षमा रहेको नगर सम्मेलनको उपस्थितीले प्रमाणित गरेको बताएको छ ।

यो नगरपालिकामा फेरि पनि बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावमा माओवादी केन्द्रले नै जित्ने दावी गरेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया