बेगनास तालमा सिभिल बैंकको नगदरहित अभियान

काठमाडौँ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै पोखराको बेगनास तालका २२० डुंगा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन नगदरहित अभियान अपरिहार्य भएको बताए । यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी बनाउनु पर्ने बताए ।
यसैगरी, क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनमा पनि यस्तै खालको सेवा ल्याउँदै जाने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया