एलपी ग्यासको मूल्य २७३ रुपैयाँले बढेर आयो, पेट्रोलको घट्यो

काठमाडौँ । भारतीय आयाल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसीले डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा मूल्य बढाएर पठाएको छ । यस्तै, पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेको छ ।
यसैगरी खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ । अहिले निगमको पाक्षिक (१५ दिन)को घाटा पाँच अर्ब २१ करोड रहेको निगमले जनाएको छ ।
यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।















पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया