एलपी ग्यासको मूल्य २७३ रुपैयाँले बढेर आयो, पेट्रोलको घट्यो

काठमाडौँ । भारतीय आयाल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसीले डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा मूल्य बढाएर पठाएको छ । यस्तै, पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेको छ ।
यसैगरी खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ । अहिले निगमको पाक्षिक (१५ दिन)को घाटा पाँच अर्ब २१ करोड रहेको निगमले जनाएको छ ।
यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।

















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया