महालक्ष्मी एल्मुनाई एशोसिएसनको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । लुभूस्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको संस्था महालक्ष्मी एल्मुनाई एशोसिएसनको तेस्रो साधारणसभाले दिपककुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
एशोसिएशनको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा ईन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ तथा सदस्यहरूमा उत्सव केसी, पुष्पराज श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, सुरेश बस्नेत, सविता श्रेष्ठ र मदन गौतम निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभाको सभापतित्व अध्यक्ष हरिरमण थापाले गरेका थिए । उनले प्रस्तुत गरेको आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको आव २०७७–०७८ को आयव्यय विवरण पारित गरिएको थियो ।
उक्त विद्यालयको कक्षा ११ का उत्कृष्ट छात्र निशान्त सापकोटा र छात्रा देवीमाया वाइवालाई पूर्व विद्यार्थीद्वय श्रीभक्त बस्नेत र प्रल्हाद विष्टद्वारा वार्षिक अध्ययन शुल्क छात्रवृत्ति र उत्कृष्ट ग्रेड लिन सफल गराउने विद्यालयका सामाजिक विषयक शिक्षक प्रमिला श्रेष्ठ र लुभू माविका शिक्षकलाई रामबहादुर शिक्षक प्रोत्साहन नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी, चन्द्रमाया मरिच लाल छात्रवृत्ति दुई लाख रुपैयाँको अक्षयकोष खडा गरी पुरस्कारको व्यवस्था गर्ने पूर्व विद्यार्थी दुर्गालाल श्रेष्ठ र एशोसिएशनलाई भौतिक सामाग्री उपलब्ध गराउने पूर्व प्रधानाध्यापक पूर्णबहादुर श्रेष्ठका साथै आजिवन सदस्यलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गोविन्द श्रेष्ठ, समाजसेवी ई. राम बहादुर श्रेष्ठ, पूर्व विद्यार्थी तथा प्रधानाध्यापक बाबुशरण श्रेष्ठ, डा. मदन विष्टको आतिथ्यमा भएको सभामा २०२६ साल व्याचका पूर्व विद्यार्थी समाजसेवी नन्दकिशोर श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
पुरस्कार तथा सम्मानपत्र प्रमुख अतिथी उक्त विद्यालयका पूर्वप्रधानाध्यापक तथा पूर्व सहायकमन्त्री दिनबन्धु अर्यालले प्रदान गरेका थिए ।
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया