सोमबार, माघ १२, २०८२

नुवाकोटमा स्थानीय निर्वाचनका लागि गठबन्धन हुने

मेरोन्यूज २०७८ चैत १८ गते २१:२१

काठमाडौँ । आगामी वैशाख ३० गते स्थानीय निर्वाचन हुने भएसँगै नुवाकोटमा सत्ता गठबन्धन हुने भएको छ । आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरी निर्वाचन जाने भएको हो ।

जिल्ला स्तरीय तीन दलको शीर्ष नेताहरूले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘संघीय सरकारमा संलग्न गठबन्धन दलहरूको केन्द्रीय संयन्त्रको निर्णय तथा सम्बन्धित पार्टीको केन्द्रीय समितिको परिपत्रअनुसार २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा सत्ता गठबन्धन दलका नुवाकोट जिल्लामा उपलब्ध प्रमुखहरूको बैठक बसी प्रारम्भिक छलफल गरियो ।’

आज जारी गरेको पत्रमा कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत, माओवादी केन्द्रबाट जिल्ला संयोजक पुष्प लामिछाने र नेकपा एसबाट जिल्ला अध्यक्ष गोविन्द नेपालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया