आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

नयाँ दिल्ली । पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।
लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा टिम साउथीले २ विकेट लिए ।
जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पन्जाबको भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया