माछामा घातक रसायन फर्मालिन प्रयोग

काठमाडौँ । जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा रहेको माछा पसलमा रहेका माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३८ किलो माछा नष्ट गरिएको थियो ।
जिल्लाकै देवचुली नगरपालिका रहजमा शुक्रबार अर्को माछा पसलका माछा परीक्षण गर्दा त्यहाँसमेत फर्मालिन प्रयोग भएको भेटिएकाले त्यहाँबाट ६८ केजी माछा नष्ट गरिएको थियो । ती पसलमा फर्मालिनको प्रयोग भएको पाइएपछि यहाँका अन्य पसलमा पनि यस्ता विषाधियुक्त माछा धेरै बिक्री हुने गरेको आशंका पैदा भएको उनको भनाइ थियो ।
फर्मालिन प्रयोग भएका माछा वितरण गर्ने मुख्य वितरकसम्म पुग्न अनुसन्धान सुरु गरिएको जानकारी दिँदै सहायक प्रजिअ बरालले भने, “भारतबाट आयातीत माछा हुन् कि भन्ने शङ्का छ, जिल्लामा मुख्य वितरकसम्म पुग्ने प्रयासमा छौँ ।”
उनले नवलपरासी पश्चिम, रूपन्देहीलगायत नाकाबाट फर्मालिन प्रयोग भएको माछा भित्रिन नदिन सम्बन्धित कार्यालयलाई समेत पत्राचार गरिने जानकारी दिए ।
फर्मालिन एक प्रकारको विषाक्त रसायन हो । यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । शवहरू सड्न नदिन फर्मालिनको प्रयोग गरिन्छ । मरेका माछालाई फर्मालिनमा डुबाएपछि ताजा जस्तै देखिन्छ ।
यसैले माछामा यस्ता रसायन प्रयोग गर्ने गरिएको हो । माछा पसलबाहेक अन्य पसलमा पनि म्याद नाघेका खाद्य वस्तु फेला पारिएकाले यसको नियन्त्रणका लागि स्थानीयस्तरमा अनुगमनलाई तीव्रता दिइने र उपभोक्तालाई समेत गुणस्तरीय वस्तु पहिचान गरी खरिद गर्न सहायक प्रजिअ बरालले आग्रह गरे ।
















Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया