सोमबार, माघ १२, २०८२

प्रधानमन्त्री देउवाले दिए भारतीय जनतालाई धन्यावाद

मेरोन्यूज २०७८ चैत १९ गते १५:३५

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट माग गरेका हुन् ।

‘हामीले सडक, रेल र हवाई कनेक्टिभिटीका क्षेत्रमा छलफल गर्यौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौँ ।’

प्रधानमन्त्रीको रुपमा पाँचौँपटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरी सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले बताए ।

प्रतिक्रिया