प्रधानमन्त्री देउवाले दिए भारतीय जनतालाई धन्यावाद
मेरोन्यूज
२०७८ चैत १९ गते १५:३५

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट माग गरेका हुन् ।
‘हामीले सडक, रेल र हवाई कनेक्टिभिटीका क्षेत्रमा छलफल गर्यौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौँ ।’
प्रधानमन्त्रीको रुपमा पाँचौँपटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरी सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले बताए ।
सम्बन्धित
















चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
पूजापाठ गरेर बालुवाटार सरे बालेन
प्रतिक्रिया