नेपालसँग ८५ रनले मलेसिया पराजित हुँदा पीएनजी फाइनलमा

काठमाडौँ । नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले मलेसियालाई विशाल रनले पराजित गरेको हो ।
नेपालले ५ विकेटको क्षतिमा २० ओभर खेल्दै २२३ रन बनाएको थियो । जसमा दीपेन्द्र सिंह ऐरीले ११० रनको शतक हाने ।जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.५ ओभर खेल्दै १३८ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । यस्तै, अभिनाश बोहरा, कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।
नेपालका ऐरीले ५७ बल खेल्दै ११० रनको शतक हानेका हुन् । उनी ६ छक्का र १० चौकाको मद्दतमा ११० रन बनाउँदै अविजित रहे ।
दीपेन्द्र ओडीआई र टी २० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले मात्रै दुवै फर्म्याटमा शतक हानेका थिए ।
यस्तै, रोहित पौडेलले पहिलो अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाएर फर्किए । आरिफ शेख २ रन बनाएर आउट हुँदा आदिल अन्सारीले १४ रन जोडे ।
मलेसियाको बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले समान १–१ विकेट लिए ।
ब्याटिङतर्फ मलेसियाका ओपनर भिरन्दीप सिंहले सर्वाधिक ४७ रन जोडे । उनले २६ बल खेल्दै ९ चौका प्रहार गरे । अर्का ओपनर जुबैदी जुलकिफेले गोल्डेन डक भए । उनलाई कमल ऐरीले कुशल भुर्तेलमार्फत क्याच आउट गराएका थिए ।
कप्तान अमेद फैज ३१ बलमा तीन चौकासहित ३३ रन जोडेर आउट भए । सैद अजिजले १७ रन बनाए । एनलु हाफिज १८ रनबाहेक मलेसियाका कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
एक-एक खेल जितेको मलेसिया र पीएनजीको अंक तालिकामा समान दुई अंक छ । नेट रन रेटका आधारमा अगाडि रहेको पीएननजीले नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि पीएनजी नेपालसँगको दुई खेलमा पराजित भइसकेको छ ।
नेपाल एक खेलअगाडि नै फाइनल पुगिसकेको थियो । फाइनल खेल सोमबार हुनेछ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया