नेपाल बारको मतदान सम्पन्न

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्य समितिको निर्वाचन लागि आज बिहानदेखि शुरु भएको मतदान सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएशन २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ ।
आज बिहान ८ बजेदेखि शुरु भएको अपराह्न ४ सम्मका लागि तोकिएको थियो । सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।
नयाँ कार्य समितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरे ।
बारमा अध्यक्षका लागि व्यक्तिगत रूपमा र समूहगत रूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । संसदमा प्रतिनिधित्व नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन् ।
नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गरेका छन् । व्यक्तिगत रूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका थिए । संसदमा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजु श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका थिए ।
काठमाडौँ केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार बुथको व्यवस्था गरिएको छ । काठमाडौँ केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बुका मतदाताले मतदान गर्ने छन् ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया