सोमबार, माघ १२, २०८२

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

मेरोन्यूज २०७८ चैत १९ गते १९:०६

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा चुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेससहित आज भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।

रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुुस्थिति बुझेर केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने जनाएको छ ।

प्रतिक्रिया