मंगलबार, चैत १७, २०८२

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

मेरोन्यूज २०७८ चैत २० गते १०:२३

काठमाडौँ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सभापति ललितजंग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्य समितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।

प्रदेश कार्य सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा छ सदस्य मनोनित गरेका हुन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजंग शाही, लङ्कबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनित भएका हुन् ।

प्रदेश कार्य समितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदमा मनोनित गरिएको महामन्त्री रोकायद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया