हिमालयन हाइड्रो एक्स्पो : उर्जा विकासमा नेपालको तयारी कमजोर

काठमाडौँ । ऊर्जा क्षेत्रको विषयमा छलफल थालिएको हिमालयन हाइड्रो एक्सपोका विभिन्न सत्रमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् ।
तीनदिने एक्सपोको पहिलो दिन तीन विभिन्न सत्रमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाले नयाँ प्रविधि उपयोगितादेखि नीतिगत व्यवस्थामा सुझाव दिएका हुन् ।
कार्यक्रममा बेलायत सरकारको डिपार्टमेण्ट फर इण्टरनेसनल ट्रेडको नविकरणीय ऊर्जाका वरिष्ठ सल्लाहकार मिलिन्द गोडबोले नेपालमा जलविद्युत आयोजना प्रवद्र्धकलाई आफैं हाइड्रोको व्यवसायिक उत्पादनमा सकृयता देखाउन आग्रह गरे । विश्वमा खनिज इन्धनबाट हाइड्रोजन उत्पादन भइरहेको तर, त्यो प्रवृतिलाई नेपालले विद्युत्को प्रयोगबाट उत्पादन गरेर व्यवसायक निर्यातसमेत गर्न सकिने अवसर रहेको औँल्याए ।
जलविद्युत्मा नयाँ प्राविधिसम्बन्धी सत्रमा कार्यपत्र प्रस्तुत गर्दै जर्मन कम्पनी फिचन हाइड्रोपावरका वरिष्ठ अधिकारी निकोलस इप्थाइमोले हिमालयन क्षेत्रका जलविद्युत् आयोजनामा सेडिमेण्ट व्यवस्थापन भरपर्दो बनाउन चुस्त इञ्जिनियरिङ र अवलोकनमा बढी ध्यान दिनु पर्ने सुझाव दिए ।
यस्तै, कार्यक्रममा स्टयान टेकका राष्ट्रिय व्यवस्थापक मनोज भट्टराईले जलविद्युुतका क्षेत्रका नयाँ प्रविधिबारे अवगत गराएका थिए । उनले ग्रिन हाइड्रो पम्प स्टोरेज र सौर्य ऊर्जालाई समिश्रित रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेमा धारणा राखेका थिए ।
‘नेपालमा पम्प स्टोरेज पिकमात्र नभएर बेसलोड व्यवस्थापनमा पनि उपयोगी हुन सक्छ,’ उनले भने, ‘पछिल्लो अध्ययन अनुसार नेपालमा सौर्य सम्भाव्यता अझै राम्रो छ । यसलाई पम्पस्टोरेजमा प्रयोग गरेर पिकमा जलविद्युत् निकाल्न सकिन्छ ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीका विज्ञ भिष्म पण्डितले सरकारको कुटनीतिक पहल नीतिगत तयारी तथा प्राविधिक चुस्तता नपुगेको औँल्याएका थिए । नेपालले भारत तथा बंगलादेशसँग विद्युत् व्यापार गर्न क्षेत्रीय बजारमा विद्युत्को ग्रिड कनेक्सन थप गर्नुपर्ने आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा व्यक्तित्वहरूले आफ्नो धारणा र कार्यपत्र पेश गरेका थिए ।
















रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया