त्रिकोणात्मक टी-२० : नेपालले उपाधिका लागि पीएनजीसँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी ९पीएनजी० सँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा खेल दिउँसो साँढे १२ बजे सुरु हुनेछ ।
नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।
नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेको थियो ।
पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।
कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी-२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।
फाइनलअघि आइतबार श्रृंखलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपानलका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् । सन्दीपले कप्तानको रुपमा पहिलो पटक श्रृंखलाको फाइनल पुग्दा खुशी व्यक्त गरे ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया