यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३४ रुपैयाँ ४० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८रुपैयाँ ६४ पैसा र बिक्री दर १५९ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६९ मात्र र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७३ पैसा र बिक्री दर ९१ रुपैयाँ १८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ दुई पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया