मंगलबार, चैत १७, २०८२

‘देशमा स्थायित्व चाहने एमालेमा गोलबद्ध हुनुपर्छ’

मेरोन्यूज २०७८ चैत २१ गते २१:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन् । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा सोमबार चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताए । “नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली काँग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ”, पोखरेलले भने । राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताए । भेटवालले पार्टीभित्र कडारूपमा टिप्पणी गर्ने, विरोध गर्ने तर पार्टीले निर्णय गरेको कुरा आफू अनुकूल नहुँदासमेत स्वीकार गरेर हिँड्ने गरेको स्मरण गरे । पोखरेलले जागृतप्रसाद भेटवाल स्मृति ग्रन्थको विमोचन गरेका थिए ।

राजनीतिमा मात्र नभएर साहित्यमा झर्रो आन्दोलन गरेका नेता भेटवालले ‘नौलो साहित्य’ भन्ने पत्रिका छपाएर ह्रस्व मात्र लेख्ने अभियानको थालनी गरेका थिए । यस पत्रिकाले तत्कालीन राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्थाविरुद्ध ठूलो जनमत सिर्जना गरेको थियो । विसं २०४२ मा फासिस्ट पञ्चायती व्यवस्थाको निर्वाचनमा क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लिएर भेटवाल अगाडि बढाएको नेता काशिनाथ अधिकारीले बताए ।

प्रतिक्रिया