मंगलबार, चैत १७, २०८२

वन्यजन्तुबाट भएको क्षतिमा एक बढीको राहत वितरण

मेरोन्यूज २०७८ चैत २१ गते २२:००

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा  एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।
 
तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएका १९ जनालाई तीन लाख ६३ हजार ७९४ र सख्त घाइते २० जनालाई २४ लाख ८१ हजार ५५६ राहत वितरण गरिएको छ ।
 
यस्तै पशुधन क्षतिका ११२ घटनामा १३ लाख ७० हजार ३२०, भण्डारण गरेको अन्नको क्षतिका सात घटनामा ६० हजार ८८० र घरगोठको क्षतिका २६ घटनामा एक लाख ९२ हजार ३०० राहत वितरण गरिएको छ । यस्तै वन्यजन्तुले खेतबारीमै रहेको अन्नबाली क्षति पु¥याएका ३७४ घटनामा २३ लाख ५५ हजार राहत वितरण गरिएको तिवारीले जानकारी दिए ।
 
निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावरले अन्नबालीमा क्षति पु¥याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । सूचना अधिकारी तिवारीले पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको बताए ।काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा  एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।
 
तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएका १९ जनालाई तीन लाख ६३ हजार ७९४ र सख्त घाइते २० जनालाई २४ लाख ८१ हजार ५५६ राहत वितरण गरिएको छ ।
 
यस्तै पशुधन क्षतिका ११२ घटनामा १३ लाख ७० हजार ३२०, भण्डारण गरेको अन्नको क्षतिका सात घटनामा ६० हजार ८८० र घरगोठको क्षतिका २६ घटनामा एक लाख ९२ हजार ३०० राहत वितरण गरिएको छ । यस्तै वन्यजन्तुले खेतबारीमै रहेको अन्नबाली क्षति पु¥याएका ३७४ घटनामा २३ लाख ५५ हजार राहत वितरण गरिएको तिवारीले जानकारी दिए ।
 
निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावरले अन्नबालीमा क्षति पु¥याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । सूचना अधिकारी तिवारीले पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया