गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

चितवन । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकले मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा सो अस्पताल बनाइएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त सहयोगबाट त्यस क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
उनले उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारणनागरिकमासहज ढंगबाट स्वास्थ्य सेवाप्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै कम्पनी सचिव केशव प्रसाद भण्डारी, वरिष्ठ प्रबन्धकद्वय अर्जुनबहादुर कँडेल, बाबुराम काफ्ले लगायतको उपस्थिति थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया