बुधबार, पुष १६, २०८२

म्यानमा भड्किलो अभियान, एउटै संस्थाको आकांक्षी प्यानल चुनावी मैदानमा

मेरोन्यूज २०७८ चैत २२ गते १६:३८

काठमाडौं । यही २६ चैतमा हुन लागेको नेपाल व्यवस्थापन संघ (म्यान) को नेत्रृत्वमा पुग्न भड्किलो चुनावी अभियान सुरु भएको छ । यस्तो अभियानमा एउटै संस्थाका व्यक्ति अध्यक्षको प्यानलमा रहेका छन भने सोही संस्थाका निर्देशक, उप महानिर्देशक एवं पुर्व कर्मचारी प्यानल बनाएर सहभागी भएका हुन ।

त्यस्ता व्यक्तिहरु मध्ये नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्यानलमा उनकै बैकका निर्देशक आशाा राना अधिकारी,उप महानिर्देशक मनोज ज्ञवाली र पुर्व कर्मचारी प्रधुम्न पोखरेल रहेका छन । ४१ बर्ष पहिले स्थापना भएको संघले नेपाल सरकार र नेपालका बिभिन्न संघ संस्थामा राम्रो ब्यबस्थापन अभ्यासको लागी पहल गर्दै आएको छ । हरेक बर्ष बजेट, मौद्रिक नीतिको समिक्षा र म्यानेजर अफ दि ईयरको लागी प्रख्यात यो संस्थालाई नेपालका प्रख्यात ब्यक्तित्वले नेतृत्व दिदै आएका छन ।

एउटै संस्थाबाट कार्यसमितिमा धेरै जनाले प्रतिनिधित्व गर्दा यस प्रकारका कार्यक्रमहरुमा सम्बन्धित संस्थाको प्रत्यक्ष प्रभाव पर्ने भएकोले नीतिगत समस्या समेत पर्न सक्ने देखिएको छ ।

जसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु देउवा, पूर्व अर्थ मन्त्री डा.युवराज खतिवडा, पुर्व मुख्य सचिव बिमल प्रसाद कोईराला, पूर्व सचिव रामेश्वर खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतका ब्यक्तिहरु आवद्ध छन । सरल, संस्थागत अभ्यास र सालिन आचरण संघको मुख्य चरित्रको रुपमा रहेको छ । विभिन्न तहमा ब्यबस्थापन र अर्थतन्त्र सम्बन्धित बहस र अभ्यास गर्ने संस्थाको इतिहास रहेको छ ।

यसको नेतृत्व चयन पद्दती पनि छुट्टै छ । निर्वाचनमा पहिले आजीवन र साधारण सदस्यले कार्यसमितिको चयन गर्छन भने त्यसपछि निर्वाचित कार्यसमितिले पदाधिकारीलाई छान्ने प्रक्रिया रहेको छ । कार्यसमितिमा ब्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ ।

तर यस पटक संघको सालिनता र भद्रता गुम्न सक्ने चिन्ता यसको संस्थापन देखि आबद्ध सदस्य तथा पूर्व पदाधिकारीमा देखिएको छ । ब्यबसायिक स्वार्थको लागी जबर्जस्ती जित्न खोज्ने समूहले प्यानल बनाएर पोस्टर र पम्प्लेट बनाएर भड्किला चुनावी गतिविधि गरिरहेकोमा धेरै मतदाताहरूले असन्तुष्टि जनाएका छन ।

नेपाल राष्ट्र बैक, नागरिक लगानी कोष र संचय कोषका उच्च स्रोतका अनुसार प्यानल र पोस्टरीङ जस्ता कार्यले संस्थामा नितान्त जनताको पैसाले जनतालाई सेवा दिन बसेको संस्थाहरू कसरी आबद्ध हुने भन्ने प्रश्न खडा भएको छ । एक आजीवन सदस्यको भनाई अनुसार यस्ता प्रकारका गरिमामय संस्थाले नेपाल ब्यबथापन संघ छाडेमा संस्थाको गरिमा नै धरापमा पर्ने बताए ।

प्रतिक्रिया