सिटिजन बैंकका कार्डबाहकलाई बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
यस्तै मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल९यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ० र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतकाव्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको छ ।
सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याक दिइने छ ।













नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया