सोमबार, माघ ५, २०८२

‘ट्युसन’ पढ्न गएकी कवितालाई किन आफ्नै साथीले हत्या गर्ने याेजना बनाए ?

पक्राउ परेकी नाबालिका मृतक कवितासँगै कक्षा १० मा पढ्थिन्

दया दुदराज २०७८ चैत २२ गते १९:१५

काठमाडौं । उदयपुरको बेलका नगरपालिका ६ किरातचोक घर भएकी १६ वर्षीया कबिता सुनुवार आफ्नो माध्यमिक परिक्षा (एसईई)को तयारीको लागि नियमित अध्ययन गर्ने गर्थिन् । उनि बेलका नगरपालिका स्थित कोसी जनता माध्यमिक विद्यालयको कक्षा १०मा अध्ययन गर्दै आएकी थिइन् । परिक्षा नजिकिएको कारणले गर्दा विद्यालयले विद्यार्थीहरुको शिक्षा वृद्धिको लागि कोचिङको व्यवस्था समेत गरेको थियो ।

विद्यालयले नियमित कोचिङ (ट्युसन)को व्यवस्थापन गरेपछि उनि नियमित रुपमा कोचिङ जान थालिन् । सधाँ झै उनि मंगलबार (२२ चैत)मा पनि विहान झिसमिसे मा नै कोचिङका लागि विद्यालय निस्किइन् तर उनि मंगलबार भने विद्यालय पुग्न पाईनन् । घरबाट विद्यालय जान भनेर निस्किएकी उनको विद्यालय पुग्नु अगावै बाटोमा नै मृत फेला परेकी हुन् ।

मंगलबार विहान सवा ४ बजे अतिरिक्त कक्षा (ट्युसन) पढ्नका लागि हिंडेकी कविता सुनुवारको डंगटोलस्थित यसोदा खोलाको किनारमा शव भेटिएको थियो । बाटो हिंड्नेले शव देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो र घटना संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्यो ।

प्रहरीले घटनास्थलको रेखदेख गरेपछि घटनामा संलग्न भएको अभियोगमा उनकै १७ वर्षीया साथि र १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको हो । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

किन आफ्नै साथीले मार्ने योजना बनाए ?

कविताको हत्यामा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकालको संलग्नता देखिएको प्रारम्भिक अनुसनधानले देखाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै लगेको खुलेको छ । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विज्ञप्ति निकालेर कडा कानुनी कारवाहीका लागि माग गरेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झगडा भएको पत्ता लगाएको छ । मंगलबार विहान विद्यालयमा जाने क्रममा उनीहरुबीच भेट भएर झगडा सुरु भएको र खोला किनारमा पुगेपछि आक्रमण गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुले हत्याका क्रममा बियरको बोतल र ढुंगाले हानेको खुलेको छ ।

‘घटनास्थल हेर्दा विहान उज्यालो हुनुपुर्व नै हत्या गरेर नजिकैको बाँसधारीमा शव घिसारेर फालिएको देखिन्छ’ एक प्रहरीले भने, ‘घटनामा निकट संलग्नता रहेका दुईजनालाई पक्राउ गरिसकिएको छ ।’

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया