महालक्ष्मी बैंकका ग्राहकलाई हिमाल डेण्टलमा छुट
मेरोन्यूज
२०७८ चैत २४ गते २०:११

काठमाडौँ । ग्राहकहरूलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक र धुम्बाराही काठमाडौँमा अवस्थित हिमाल डेण्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रा.लि.बीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई सम्पूर्ण दन्त सेवामा छुट हुने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले देशभर १०३ वटा शाखामार्फत वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया