बिहीबार, पुष १७, २०८२

महालक्ष्मी बैंकका ग्राहकलाई हिमाल डेण्टलमा छुट

मेरोन्यूज २०७८ चैत २४ गते २०:११

काठमाडौँ । ग्राहकहरूलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक र धुम्बाराही काठमाडौँमा अवस्थित हिमाल डेण्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रा.लि.बीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई सम्पूर्ण दन्त सेवामा छुट हुने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले देशभर १०३ वटा शाखामार्फत वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया