साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने

प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये १२ जना महिला रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझसम्म समय तोकिएको छ । प्रतियोगिता पाँच विधामा हुनेछन् । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जो कोही सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
भरतपुर महानगरमा निर्माणाधीन रिङगरोडसहितका सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ । करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी रहेको छ । नारायणी नदी किनारबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी किनारमा आई समापन हुनेछ ।
प्रतियोगितामा विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । साथै विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पीडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको कूल बजेट रकम रु ४२ लाख ७३ हजार ३३५ रहेको छ । तीमध्ये विजेता खेलाडीलाई नगद पुरस्कारमा मात्रै रु पाँच लाख ९५ हजार खर्च हुने संयोजक दरैले बताउनुभयो । प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफबाट समेत सहभागिता रहनेछ ।
बिहान ७ बजे प्रतियोगिता सुरु हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताए ।
शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उहाँले बताउनुभयो । भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहे पनि चाँडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने पनि उनले बताए। खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया