मंगलबार, फागुन २६, २०८२

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ : अर्थमन्त्री शर्मा

मेरोन्यूज २०७८ चैत २५ गते १५:०७

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरूलाई धेरै धन्यवाद दिनु पर्छ, किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ,’ उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।’

नेपाल र श्रीलंकाबीच तुलना नहुने भन्दै अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको दाबी थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हे¥यौँ भने श्रीलंकासँग तुलना नै हुन सक्दैन, तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन्, त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नु पर्छ’ उनले भने ।

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरे । ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायत विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउन बहस गरौँ’ उनले भने ।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनले दाबी थियो ।

प्रतिक्रिया