बिहीबार, पुष १७, २०८२

न्यु इयर इभमा फोनपेको अफर, २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने

मेरोन्यूज २०७८ चैत २५ गते २१:०३

काठमाडौँ । फोनने पेमन्ेट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्ने छन् । यस अफरमार्फत फोनपे ग्राहकले हेलिकप्टरबाट सगरमाथा घुम्न पाउने छन् ।

यस्तै, सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको हो । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुने छन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ ।

प्रतिक्रिया