संखुवासभाका ८ मतदानस्थल अति संवेदनशील

संखुवासभा । संखुवासभाका लागि ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएकोे छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ ओटा मतदान स्थललाई अति सम्वेदनशिलको सूचीमा राखेको हो । जिल्लाका एक सय ३ ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशिलताको हिसाबले ८ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।
एक सय ३ ओटा मतदानस्थल स्थलमध्ये ७९ ओटा मतदानस्थल सम्वेदनशिल, १६ ओटा मतदानस्थल सामान्य र ८ ओटा मतदानस्थल अति सम्वेदनशिल सूचीमा वर्गिकरण गरिएको साहयक प्रजिअ घिमिरेले बताए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा,यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ ।
सुरक्षा समितिले ती मतदान स्थललाई अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।
अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने साहयक प्रजिअ घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ ।
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया