माछापुच्छ्रे कपकाे उपाधि लुम्बिनीलाई

भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ ।
सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४-२ गोल फरकमा जित निकालेको हो।
दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए।
खेलको ट्राइ बेकरमा ४-२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब बिजयी भयो ।
खेलभरिको सर्वाधिक गोलकर्तामा
भैरभ एफ सी,नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगर का मिलन आले घोषित भए । दुवै जनाले चार -चार गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए।
खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी बिनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे ।
२८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल
प्रतिक्रिया