स्थानिय निर्वाचन :
एमालेबाट गोदावरी मेयरका लागि ८ उम्मेदवार सिफारिस, वडा सचिवदेखि प्रदेश सांसदसम्म आकांक्षी

ललितपुर । स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य मिठाराम केसी, जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटी अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।
त्यसैगरी, उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ । उपमेयरको सिफरिस हुनेहरुमा अनेमसंकी जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसं नगर कमिटी उपाध्यक्ष सबिना महर्जन नगर कमिटी सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य संगीता नापित छन् ।
नगर कमिटी अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफरिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताए । उनले भने,‘वैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौंट गर्ने योजना छ ।
तस्बिर न्युज कारखाना
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया