यो सरकार बनेदेखि नै वित्त प्रणालीमा अन्योलता सृजना भयो: विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलले यो सरकार बनेदेखि वित्त प्रणाली अन्योलता सृजना भएको बताएका छन् ।
आइतबार ललितपुरस्थित हिमालय होटलमा एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण गर्न गरेरको पत्रकार सम्मेलनमा बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले नेपालको इतिहासमा पहिलो पटक वजेट विहिन अवस्थामा पुर्याउँन अहिलेको सरकार तयार रहेको बताएका हुन् ।
चालु आर्थिक घाटा बढेको छ जुन ४१४ अर्वले घाटा पुगेको छ । उनले भने,‘अहिलेको जुन तरिकाले आर्थिक घाटा बढेको छ जसले आगामी दिनमा ठुलो आर्थिक संकट आउँने देखिन्छ ।’
अर्थमन्त्रालय जस्ता स्थानमा अर्थ क्षेत्रका भन्दा व्यवसायिक दक्षता भएकालाई अन्य पठाउँने र आस्थाका आधारमा राख्ने गरेको उनको आरोप छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’
उनका अनुसार केपी ओली नेतृत्वको सरकारले दक्षिण एसियामा नेपाल खोप लगाउँने दोस्रो देश थियो । तर त्यसका लागि सरकारले राम्रो नियन्त्रण गरेको थियो । शेरबहादुर देउवाको सरकार आउँदा कोरोना नियन्त्रण भएपछि मात्र आएको थियो । यो सरकारले यदि चाहेको भए यो अवस्था आउँने थिएन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया