बुधबार, पुष १६, २०८२

कांग्रेसले गभर्नरमाथिको कार्वाही गैरकानुनी हुने भन्ने कहिल्यै चेतेन

मेरोन्यूज २०७८ चैत २७ गते १४:१८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार विकास साझेदारको विश्वास गुमाउँदै गएको आरोप लगाएको छ । आइतबार ललितपुरस्थित हिमालय होटलमा एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण गर्न गरेरको पत्रकार सम्मेलनमा एमालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

एमालेका तीन पुर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । चालू खाता घाटा धान्नै नसकिने स्तरमा पुगिसकेको छ । अवैध कारोवार र हुण्डी फस्टाएका कारण औपचारिक माध्यमवाट विपे्रषण नआएको कारण देशको बाह्य कारोवारमा चालू खाता घाटा आर्थिक वर्षको पहिलो ७ महिनाको रु. १०४ अर्बको तुलनामा ४ गुणाले बढेर रु. ४ खर्ब १४ अर्ब पुगिकेको छ ।
गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको एमालेका नेता एवम् पुर्व गभर्नर युवराज खतिवडाले बताए ।

उनले भने,‘कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ अहिले त्यसको पुनरावृत्ति गरिएको छ ।’

उनले गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको उनको आरोप छ ।

उनले भने,‘यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि शुरु गरेको कार्वाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ ।’
उक्त प्रेष्न विज्ञप्तिको पुर्णपाठ

प्रतिक्रिया