टी २० वरियतामा नेपालको सुधार, श्रीलंका १० औँ स्थानमा
मेरोन्यूज
२०७८ चैत २७ गते २१:२१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको वरियतामा सुधार भएको छ । नेपाली टोली टी २० अन्तर्राष्ट्रिय वरियता नेपाल एसोसियटको शीर्ष स्थान पुगेको हो ।
नयाँ वरियताका अनुसार नेपाल १२ औँ स्थानमा पुगेको छ । नेपालभन्दा टेष्ट राष्ट्र आयरल्याण्ड पछि परेको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रोपटक पुगेको हो ।
नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यस्तै, नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–२० सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो ।
टी–२० अन्तर्राष्ट्रियको वरियतामा भारत शीर्ष स्थानमा छ । यस्तै, इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो छ । आर्थिक संकट खेपिरहेको देश श्रीलंका १० औँ स्थानमा रहेको छ ।
सम्बन्धित









पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया