टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न

काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।
साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेको थियो । महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएको छ । सन् २०१३ मा क्यान्सरको सफल उपचारपछि वहाँँले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागि परेको छ ।
टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई ‘कम्युनिकेटर अवार्ड’ प्रदान गरेका थिए ।
१६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकि थिइन् । उनको संघर्षमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।
उनले भनिन्, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टर हुने पनि निर्णय गरेको छु ।’
हरेक दिन नयाँँ क्लबहरु खुल्दै छन् र हाल नेपालमा ५६ वटा टोस्टमास्टर क्लबहरु रहेका छन् । यो सँग–सँगै हाम्रा सदस्यहरू पनि निरन्तर बढ्दै गइरहेका छन् ।
डिस्ट्रिक्ट ४१ का डिस्टिङ्गुइस्ड टोस्टमास्टर डिस्ट्रिक्ट प्रोग्राम क्वालिटी डाइरेक्टर अंकुर यादवले भने ‘साइटेसन २०२२ मा सहभागि हुन पाउँदा म एकदमै खुशी छु । यो डिस्ट्रिक्ट ४१ कै सम्पूर्ण सदस्यहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली टोस्टमास्टरहरुको एकता देखेर पनि म एकदमै प्रभावित भएको छु ।’

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया