केपी ओलीले भने : विरालो रिसायो भने खाँबो चिथोर्छ, गठबन्धन यस्तै हो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरूमाथि कटाक्ष गरी व्यंग्य गरेका छन् । उनले गठबन्धन दलहरू एउटै भए पनि एमाले जत्रो नहुने दाबी गरेका थिए ।
‘आज पाँच दलीय गठबन्धन भनेको क्या हो ? अनि पाँच ओटा बाख्रा एकै ठाउँमा भए पनि भैँसी जत्रो त हुँदैन होला नि ?’ बझाङमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘उहाँहरू नेकपा एमालेसँग चुनाव लड्न सक्नु हुन्न, स्थानीय तहमा एक दुई वटा ठाउँ फुत्काउन सके एमालेसँग फुत्काए हुन्छ, पाँच दलीय थोत्रो गठबन्धनले केही हुँदैन ।’
यस्तै, अध्यक्ष ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गर्भनरलाई निलम्बन गरेकोप्रति आक्रोश व्यक्त गरे । उनले एमालेदेखि अहिलेको सरकारलाई रिस उठेकाले कर्मचारीमाथि हमला गरेको बताए ।
‘विरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ,’ उनले भने, ‘यो सरकारलाई रिस उठेको एमालेसँग होला, एमालेलाई केही गर्न सक्दैन्, अनि गएर गर्भनर निलम्बन गर्छ, कर्मचारीमाथि हमला गर्छ, राष्ट्र सेवकमाथि हमला गर्छ ।’
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया