कांग्रेसले बिहीबार बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
मेरोन्यूज
२०७८ चैत २८ गते १८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्य सम्पादन समिति बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।
कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणा पत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ ।
यसै क्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया