आजदेखि मेलम्चीको पानी काठमाडौं आउने
धारामा आउँन अझै तीन-चार दिन लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने भएको छ । मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो।
मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा नजाने खानेपानी मन्त्रालयले जनाएको छ।
समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए ।
सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने बताए। उनका अनुसार सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न तीन- चार दिन लाग्ने छ ।
असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।
















देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया