मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका ३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।
उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए । अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सकको अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा मंगलबार भामलाई उद्धार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए ।
उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हो । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया